‘तिमी तारे भीर’ मेल भर्जन सार्वजनिक

काठमाडौं । नेपालमा पछिल्लो समय पुराना गीतलाई नयाँ भर्जनमा बनाएर सार्वजनिक गर्ने चलन बढ्दै गएको छ । यस्तै ३२ बर्ष अगाडि गायिका पवित्रा सुब्बाको आवाजमा रेकर्ड भइ दर्शकको मनमा बस्न सफल गीत ‘तिमी तारे भीर’को मेल भर्जन भिडियोसहित शनिबार सार्वजनिक गरिएको छ ।

कवि तथा गीतकार श्रवण मुकारुङले ३२ बर्ष बर्ष पहिले लेखेको यस गीतलाई मेल भर्जनमा युवा गायक रेवत राईको आवाजमा सार्वजनिक गरिएको हो । गीतलाई चर्चित संगीतकार शान्तिराम राईले संगीत भरेका छन् भने देवेश राईले संगीत संयोजन गरेका छन् ।मकवानपुरस्थित चित्लाङ क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा लोकप्रिय अभिनेता दयाहाङ राई र मिरुना मगरको जिवन्त अभिनय देख्न सकिन्छ । यस्तै बाल कलाकार नुमा राईको पनि उत्कृष्ट अभिनय छ ।

यस भिडियोलाई भने अहिलेका निकै व्यस्त युवा निर्देशक किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् । निर्देशकले प्राकृतिक सुन्दरतामा एक प्रेमिल परिवारलाई पात्रमा बगाएका छन् । भिडियोमा माया, प्रेम र मानिसको जिबनमा हुने वियोगान्त क्षणलाई देखाइएको छ । सानैदेखि गीत संगीतमा होमिएका खोटाङ्गे युवा गायक रेवत राईको यस्ता थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् । उनले सांस्कृतिक जागरणका गीतहरु पनि गाएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close