‘तिमी छौ र’ गीतको म्यूजिक भिडियो सार्वजनिक

गायक हिमाल सागरले अमेरिका पुगेर आफ्नै स्वर, शब्द र संगीत रहेको ‘तिमी छौ र’ बोल रहेको एउटा रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

यस गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ । म्यूजिक भिडियोमा नायिका नन्दिता केसी र पूर्ण लम्सालको अभिनय रहेको छ । मायालु जोडीबीचको प्रेमिल दृश्यलाई अमेरिकाको विभिन्न भागमा छायांकन गरिएको छ । भिडियोमा गायक हिमाल सागरलाई पनि देख्न सकिनेछ । बिक्की पुलामीको निर्देशनमा तयार गरिएको भिडियोको छायांकन शैलेश घलेले गरेका हुन् भने भारत रेग्मीको सम्पादन रहेको छ ।

‘पी एण्ड एच’ प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको सकारात्मक प्रतिक्रिया आएको गायक हिमाल सागरले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close