मनाेरञ्जन
निमा लामाको ‘तिङला नाङ्सल’को बिषेस प्रदर्शन

निमा लामा तामाङको प्रस्तुति साथै निर्देशनमा बनेको चलचित्र’तिङला नाङ्सल’को बिषेस प्रदर्शन आज काठमाडौ स्थित नेपाल चलचित्र बिकास बोर्डको हलमा बिशेष प्रदर्शन भयको छ।
तामाङ भाषाको चलचित्रमा सफल निर्देशकको रुपमा स्थापित निमा लामा तामाङको निर्देशन रहको चलचित्र हो तिङला नाङ्सल। जिम्बा फिल्म प्रोडक्सन तथा सर्लाही समुहको आठौ प्रस्तुति रहेको छ।
बिश्वास भण्डारीले छायांकन र सम्पादन गरेका हुन। सानू बोम्जन र मीन कुमार लामाले लगानी गरेको फिल्ममा कृष्ण लामा, सुसन वाइबा, अनिता बोम्जन, अनिता गोले, कृष्ण वाइबा, सुनलाल वाइबा, बिनिता थिङ, सुसन लामा, सोनु वाइबा, कान्छा मान वाइबा लगायतको प्रमुख भुमिका रहेको छन्। नृत्य /संगीत निमा लामा तामाङको रहेको उक्त फिल्ममा सुरज श्रेष्ठको द्रन्द निर्देशन रहेको छ।