प्रदेश १राजनीतिस्थानीय

त्रियुगानगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

१६ जेठ, उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन्। कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे। नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी ९ हजार १४७ मतसहित तेश्रो स्थानमा रहे। उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरिन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत पाइन्। नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५६८ मत पाइन्।

१६ वटा वडा रहेको त्रियुगाको कुल खसेको मत ४० हजार १३७ हो। कांग्रेसले नौवटा वडा, एमालेले चारवटा र माओवादी केन्द्रले तीन वडामा वडाध्यक्ष जितेको छ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close