जानी राखौं यस्ता छन् बेसारका फाइदा र बेफाइदा

बेसार के हो ? नेपाली भान्छामा सदियौँदेखि प्रयोग गरिँदै आएको बेसारलाई सुनको टुक्रा अर्थात् इन्डियन स्याफ्रोन पनि भनिन्छ। यो एसिया तथा सेन्ट्रल अमेरिकामा पाइन्छ। सुनौलो, चम्किलो, पहेँलो रङको प्रशोधित बेसार खानामा रङको रूपमा प्रयोग गरिन्छ।भारतमा यसलाई आयुर्वेदिक औषधिका रूपमा विभिन्न उपचारमा प्रयोग गरिन्छ। विशेषगरी बेसारलाई गहिरो दुखाइ तथा सुन्निएको उपचारका लागि प्रयोग गरिन्छ। पश्चिमा देशले पनि बेसारलाई दुखाइविरुद्ध अर्थात् आरामदायी पदार्थका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अध्ययन गर्दै छन्।
फाइदा: बेसारले सुन्निने रोगविरुद्ध प्रतिरोधात्मक क्षमताका रूपमा काम गर्छ। आरथ्राइटिस फाउन्डेसनले गरेको धेरै अध्ययनमा बेसारले सुन्निने रोगको औषधि हुने उल्लेख छ। यसले बाथका बिरामीमा हुने जोर्नीको दुखाइ तथा सुन्निएको घटाउँछ। फाउन्डेसनले बाथरोगीलाई ४ सयदेखि ६ सय एमजीको बेसारबाट बनेको क्याप्सुल दिनको ३ पटक खान सुझाब दिएको छ।
दुखाइबाट मुक्ति दिन्छ: अधिकांश चिकित्सक र अध्ययनले भनेका छन्– बेसारले दुखाइबाट मुक्ति दिलाउँछ। बाथरोगीको घुँडाको दुखाइ कम गर्न यसले ब्रुफिनजस्तै काम गर्छ।
लिभर फंक्सनमा सुधार ल्याउँछ: बेसारमा एन्टिअक्सिडेन्टको क्षमता हुन्छ, जसले टक्सिनका कारण ड्यामेज हुन लागेको लिभरलाई जोगाउँछ। मधुमेहका रोगी, जसले कडा औषधि लिइरहेका छन्, अन्य बिरामी, जसले लामो समय औषधि खाइरहेका छन्, उनीहरूका लागि बेसार उपयोगी छ।
क्यान्सरको जोखिम घटाउँछ: अध्ययनबाट पुष्टि भइसकेको छ– बेसारले प्यांक्रियाटिक क्यान्सर, प्रोस्टेड क्यान्सर र मल्टिपल माइलोमाविरुद्ध लड्ने क्षमता प्रदान गर्छ।
खानामा अरुचि घटाउँछ: बेसारलाई सदियौँदेखि तरकारी पाउडरका रूपमा प्रयोग गरिँदै आएको छ । यसले खानामा स्वादिलोपन थप्छ। साथै, यसले खाना पचाउन भूमिका खेल्छ।
नकारात्मक असर (बेफाइदा): बेसारमा पाइने पाचन शक्ति बढाउने तत्वले यदि धेरै मात्रामा यसको सेवन गरेमा पेटमा इरिटेसन पैदा गर्दछ। यसले पेटमा धेरै ग्यास पैदा गर्छ।
रगतलाई पातलो बनाउँछ: बेसारमा फिल्टर गर्ने क्षमता हुन्छ, जसका कारण रगतलाई पातलो बनाउँछ। बेसारमा कोलेस्टेरोल कम गर्ने तथा उच्च रक्तचाप कम गर्ने गुण हुन्छ, यसले पनि रगत पातलो बनाउँछ। त्यसैले कुनै दुर्घटनामा परेमा अधिक रक्तस्राव हुने सम्भावना बढी हुन्छ। बेसारमा पाइने रगतलाई पातलो बनाउने तत्वका कारण गर्भवती महिलालाई ट्रमरिक सप्लिमेन्ट नखान सुझाब दिइन्छ। तर, खानामा थोरै मात्रामा प्रयोग गरिएको बेसारले केही हानि गर्दैन। गर्भवती महिलाले अधिक बेसार प्रयोग गर्नुहुँदैन।
बच्ने उपाय: यो पुष्टि भइसकेको छ कि खानामा बेसार फाइदाजनक छ। यसले रोगप्रतिरोधी क्षमता बढाउँछ, दुखाइ घटाउँछ, पाचन शक्ति बढाउँछ र अन्य धेरै फाइदा पुर्याउँछ। तर, केही नकारात्मक असरका कारण यो केही व्यक्तिका लागि भने फाइदाजनक नहुन सक्छ। त्यसैले बालबालिका, वृद्धा, गर्भवती महिला, रक्तअल्पता भएका मानिस तथा अत्यन्तै दुब्ला मानिसमा बेसारलाई वैकल्पिक थेरापीका रूपमा प्रयोग गर्नुपूर्व सचेतना अपनाउनुका साथै डाक्टरको सल्लाह लिनु आवश्यक छ।