मेलम्ची बजारमा फसेकालाई हेलिकप्टरबाट उद्धार

२ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ ।

उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close