ढुंगा-गिटी-बालुवा निर्यात नीति राष्ट्रघाती : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन ।

यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गदै नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबै भन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई/मधेशमा ठूलो प्राकृतिक संकट आउने उल्लेख गरेका छन । ‘यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई/मधेशमा वसोवास गर्ने जनताले चुकाउनु पर्नेछ,’यादवले भनेका छन, ‘व्यापार घाटा गर्ने नाममा नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close