भिडियो

करण परियारको पहिलो गीत ‘सुस्तरी’

“समय यो फर्काउनु छ सुस्तरी सुस्तरी र, भेटाउनु छ त्यही पल त्यो मलाई यसरी जहाँ तिमी अनि मेरो छुट्टै संसार हुन्थ्यो एउटा रोए सँगसँगै अर्को पनि रुन्थ्यो”

भर्खरै नेपाल आइडल सिजन ५ को उपाधि जितेका करण परियारले गाएको पहिलो सार्वजनिक गीत ‘सुस्तरी’ का शब्द हुन् यी । अतीतको यादको भाव व्यक्त गर्ने गीतलाई प्रदीप चापागाईंले लेखेका हुन् । गीतमा सिडी विजय अधिकारीको संगीत र कुशल सिंहको एरेन्ज छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा मृत्यु भइसकेकी आफ्नी प्रेयसी र उनका यादहरुलाई स्मरण गरेको क्षणलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा आकाश श्रेष्ठ र प्रिज्मा खतिवडा फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीतलाई ‘अफिसियल प्रदीप चापागाईं’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । केही दिनअघि सम्पन्न नेपाल आइडल सिजन ५ को फिनालेमा करण विजेता बनेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>