अन्तरर्वार्तामनाेरञ्जन

‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड मात्र लिन्छु –राजेश पायल राई

एउटा कलाकारका लागि ‘अवार्ड’ को महत्व निकै ठूलो हुन्छ । विभिन्न संघसंस्था र राज्यले प्रदान गर्ने ‘अवार्ड’ हरुले कलाकारलाई थप नयाँ काम गर्न हौसला र प्रेरणा प्रदान समेत गर्छ ।

कतिपय कलाकारहरुले त अवार्डका लागि ‘मरिहत्ते’ समेत गरेको देख्न–सुन्न पाइन्छ । एउटै कलाकार पटक–पटक अवार्डका लागि छानिदा नयाँले अवसर नपाउने गरेको गुनासो पनि सुन्न पाइन्छ । अन्य कला क्षेत्रमा जस्तै गीत संगीतको क्षेत्रमा पनि यस्तै अवस्था छ । सयौं अवार्ड र सम्मान पाइसकेका ‘राई इज किङ’ उपमा पाएका गायक राजेश पायल राईले भने अब कुनै पनि अवार्ड नलिने घोषणा गरेका छन् । सांगीतिक कार्यक्रममा दौरानमा जापानमा रहेका गायक राईले अब लाइफ टाइम अचिभमेन्ट, राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड बाहेक अन्य कुनै पनि खालका अवार्ड नलिने घोषणा गरेका छन् । नयाँ कलाकारहरुलाई पनि गीत–संगीतको क्षेत्रमा लाग्न हौसला प्रदान गर्ने अवार्डहरु प्राप्त गर्ने अवसरका लागि आफूले निजी तथा विभिन्न संघसंस्थाहरुले प्रदान गर्ने अवार्ड ग्रहण नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।”

विभिन्न विधाका हजारौं गीत गाएर देश–विदेशमा चर्चा कमाइसकेका गायक राईले यसअघि आफूलाई प्राप्त सबै अवार्डहरुले उर्जा जगाएको र अवार्ड प्रदान गर्नेहरुप्रति धन्यवाद दिंदै गायक राईले भने, ‘गीत–संगीतको क्षेत्रमा लागेकाहरुलाई अवार्ड ‘प्राण वायु’ जस्तै हो । तर, सँधै पुरानाले मात्रै अवार्ड पाइरहनु भन्दा नयाँलाई पनि अवसर दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’ आफूलाई विगतमा विभिन्न क्षेत्रबाट प्रदान गरिएका सबै अवार्डहरु संगालेर राखेको भए पनि घरमा आगलागी भएका कारण कतिपयलाई जोगाउन नसक्दा दुःख लागेको बताउँदै गायक राईले ती अवार्डहरुले नभए पनि आफ्ना श्रोताहरुको मायालाई जहिल्यै संगालिरहेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>