राजनीतिराष्ट्रिय

सरिता गिरीले पेश गरेको संशोधन सूचना अस्वीकृत

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीद्वारा दर्ता गरिएको संविधान संशोधन विधेयकमाथिको संशोधनको सूचना अस्वीकृत भएको जनाएका छन् ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै दफावार छलफल सुरु गरिएको छ । दफावार छलफल सुरु हुनासाथ सांसद गिरी आफ्नो स्थानबाट उठेर सभाको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले सांसद गिरीद्वारा पेश भएको संशोधन सूचना अस्वीकृत भएको जानकारी दिएका हुन् ।

‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ११२ मा उल्लेख भएका संशोधनसम्बन्धी शर्त पुरा नभएकोले तपाईको संशोधन सूचनालाई अस्वीकृत गरिएको छ,’ सभामुख सापकोटाले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>