अन्तरर्वार्ता

अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब विद्यालयमा चलचित्रको पढाई हुने बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष दाहालले भने–‘पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले हामीलाई भेट्न खोज्नुभएको रहेछ । त्यो अगाडि नै उहाँसम्म हामी पुग्यौं । यसपछि, नयाँ छलफल चलचित्र विकास बोर्डमा गर्ने भनेर म फर्किएँ । लकडाउनले गर्दा बैठक बस्न पाएको छैन । अब, सहज वातावरण भएपछि चलचित्र क्षेत्रका विभिन्न विद्धान व्यक्तिहरुसँग बसेर पनि छलफल गर्छु । नयाँ शैक्षिक सत्रदेखि चलचित्रको बिषय पढाउने भन्ने लगभग सहमती भएको छ ।’

उनले, नेपाली चलचित्रको इतिहास, पहिले र अहिलेको प्रविधी, चलचित्रको संकृती र साहित्यलाई जोडेर पुस्तक तयार होस् भन्ने चाहना आफ्नो रहेको सुनाए । उनले भने–‘अहिले माध्यमिक तह भनेर १२ कक्षासम्म वुझिन्छ । अब, कुन कक्षाबाट चलचित्र पढाउन सुरु गर्ने भन्ने बिषयमा छलफल गर्नुपर्छ ।’ उनले आफूले प्याब्सन र एन प्याब्सनका प्रतिनिधीसँग पनि आफूले एक चरणको कुरा गरेको भन्दै निजी विद्यायलमा पनि चलचित्र पढाउने बिषयमा कुरा भैरहेको बताए । यस्तै, क्याम्पसमा पनि चलचित्र पढाउने बिषयमा कुरा भैरहेको दाहालको भनाई छ । उनले भने–‘अहिले त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम निर्माण समिती तयार गरेको छ । जसको पदेन सदस्यमा चलचित्र विकास बोर्डको अध्यक्ष पनि हुने प्रावधान छ । स्नातकदेखि पीएचडीसम्म चलचित्रको बिषयमा पढाई गर्ने कुरा अगाडि बढेको छ ।’

दाहालले आफू चलचित्र विकास बोर्डको सदस्य हुँदा नै यो प्रक्रिया अगाडि बढाएको बताए । उनले भने–‘अब ढिलोचाडो चलचित्रको पढाई हुन्छ र हुनैपर्छ । यसले चलचित्र संकृतीको विकास हुन्छ भन्नेमा म आशावादी छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>