प्रवास

कोरियाबाट जनमैत्री अस्पताललाई अढाई लाख सहयोग

कोरोनाको उपचारका लागि सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री कोभिड अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको यो अस्पताललाई सहयोग गर्दै आएको छ । अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् । स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छिक राहत संकलन कार्यक्रम गरिएको थियो । संकलित रकम हाल नेपालमा रहेका एक सामाजिक अभियन्ताको खातामा पठाइएको र अझै सहयोग आउने क्रम जारी रहेकाले केही दिनमै संकलित रकम अस्पताललाई हस्तान्तरण गरिने नेपालस्थित सामाजिक अभियन्ता यम श्रेष्ठले बताए ।

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पूर्ण खर्चको जिम्मेवारी अस्पतालले लिने र अन्यका लागि सरकारले तोकेको भन्दा सस्तोमा उपचार गर्ने फाउन्डेशनले जनाएको छ ।–बबिता ओलीबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>