गण्डकी प्रदेशधर्म संस्कृति

पास्टर केशवराज आचार्य जेल चलान

१४/मंसिर/२०७८ – हरि जिज्ञासु (डोल्पा) प्रशस्थ कटनी मण्डली पोखराका पास्टर केशबराज आचार्यलाई जिल्ला अदालत डोल्पाले दुई वर्ष कैद र २० हजार जरीवान हुने फैसला गरेको छ ।

धर्म परिवर्तनको आरोपमा पक्राउ परेका पास्टर केशव आचार्यलाई २०७८/८/६ गते मुलुकी अपराध संहिता २०७४ को दफा १५८ (१)(२) बमोजिमको कसुर ठहर गरी आज २ वर्ष कैद र २० हजार जरीवानाको फैसला सुनाएको हो।

डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ रुम मा गाउँमा पुगेर पास्टर केशवराज आचार्यले पम्पलेटहरु वितरण गरेको, प्रार्थना गरेर विरामी निको हुन्छ भन्ने भ्रम फैलाएको, विरामी येशूको नाममा निको हुन्छ भन्ने लगायतका भ्रमात्मक भिडियोलाई आधार मानि नेपाल सरकारले मुद्धा चलाएतापनि पास्टर केशवराज आचार्यले धर्म परिवर्तन गराएको भन्ने आरोपीत कसुरलाई अस्वीकार गर्नुभएको छ।

कसुर ठहर गरिएका पास्टर केशवराज आचार्यको तर्फबाट अधिवक्ताद्धय शेरबहादुर खत्री र घनस्याम उपाध्यायले बहस गर्नुभएको थियो भने नेपाल सरकारको तर्फबाट साहयक जिल्ला न्यायधिवक्ता खुमबहादुर कुँवरले बहस गर्नुभएको थियो। जिल्ला अदालत डोल्पाको फैसला सुनेपछि पास्टर केशवराज आचार्यले आफू निर्दोस हुदाहुँदै सम्मानित अदालतले कसुरदार ठहर गरी कैद जरिवाना गरेर अन्याय गरेको प्रतिक्रिया दिदै उक्त फैसला उच्च अदालत जुम्लामा पुनरावेदन गर्ने जानकारी दिनुभएको छ।

बहु धार्मिक बहुभाषिक देशमा राज्यले ख्रीष्टियन धर्मगुरुलाई आरोप लगाएर कैद जरीवाना तोकेकोमा राष्ट्रिय ख्रीष्टियन मासंघका तर्फबाट प्रतिनिधी भई डोल्पा पुगेका धनराज घिमिरेले राज्यले अन्याय ग¥यो भन्दै अब राष्ट्रिय ख्रीष्टियन महासंघले उच्च अदालत जुम्लामा पुनरावेदन गर्ने जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>