दैनिक ओखर खाने गर्नुहोस, पाउनु हुनेछ लाभै लाभ

एजेन्सी। ओखरलाई हामी अन्य फलफूल झै खाने गर्दैनौ। यसलाई तिहारमा भाइमसला प्रयोग गरिन्छ। यो स्वास्थ्यबर्धक फल हो। तर यसको गुणबारे जानकारी नहुदाँ यसको उपभोग कमै मात्र मानिस गर्दछन्। ओखरले हाम्रो दिमागको वृत्तिविकासमा महत्वपूर्ण योगदान गर्छ भन्ने मानिसमा भ्रम छ।
ओखरले बौद्धिकता विकासका अलावा सम्पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यका लागि पनि अति उपयोगी मानिएको छ। यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने गर्यौं भने यसले हाम्रो शरीरमा हुने कैयौं किसिमका रोगलाई भगाउन मद्दत गर्दछ। ओखरमा फाइबर, प्रोटिन, भिटामिन, म्याग्नेसियम, फस्फोरस र ओमेगा ३ जस्ता कैयौं पौष्टिक पाउने गरिन्छ। साथै यसको सेवनले क्यान्सर, मोटोपन र मधुमेह जस्ता रोगबाट समेत बचाउने गर्दछ। नियमित ३/४ वटा ओखर खाने मानिसमा यी रोगको सम्भावना कम हुनुका साथै वजन नियन्त्रणमा पनि सघाउ पुर्याउँछ।
ओखरको सेवनले प्रतिरोधात्मक क्षमता, प्रजनन क्षमता र स्मरण शक्ति बढाउने गर्दछ। ओखरलाई पावर फुडको उपनाम समेत चिनिन्छ। यसमा हुने पोषणले मानिसमा स्टामिना बढाउन सहयोग गर्दछ। ओखरको सेवनले अनिन्द्राको समस्याबाट समेत बचाउँछ। साथै यो डाइटिङ गर्नेहरुका लागि आवश्यक पर्ने सबै किसिमका पौष्टिक तत्वहरु यसमा पाइने भएकोले यसलाई डाइटिङमा फाइदाजनक मानिन्छ।
ओखरको सेवनले हृदयको रोगबाट समेत बचाउने गर्दछ। यसले तनाव कम गरेर रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्दछ। यस अलावा ओखरमा ओमेगा ३ पाइने भएकाले शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गराउन सहयोग गर्दछ।