भिडियो
शान्ति र प्रिन्सको ‘रिसाऊ बरु सहन्छु’

२५ पुस, काठमाडौं। गायक तथा सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ र गायिका शान्ति गजमेर सुनारको ‘रिसाऊ बरु सहन्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द नवराज भुमरी आचार्यका रहेका छन्। सङ्गीत स्वयम् गायक तथा सङ्गीतकार थापाले भरेका छन्। उदय राज पौडेलले सङ्गीत संयोजन रहेको रहेको भिडियोमा गायिका सुनार र प्रिन्स विश्वकर्मा फिचडको अभिनय छ। कालिन्चोक वरपरका दृश्य समेटिएको भिडियोको छायाङ्कन सुजन श्रेष्ठले गरेका हुन। भिडियोको सम्पादन दिन्सन शाहकोे छ। प्रनव सुनार निर्माता रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन्।