‘गुञ्जन’को ‘केबल तिम्रै तिर’मा सारा र प्रितमराज

काठमाडौँ। ‘गुञ्जन’ आगामी शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा फिल्म हो। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक गरेको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।
निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द तथा कल्याण सिंहको सङ्गीत रहेको गीतमा कोरियोग्राफी कबिराज गहतराजको रहेको छ। अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कबीर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दै छ। निर्देशक अष्ट विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका व्यक्ति हुन्। उनको निर्देशनमा यो डेब्यु फिल्म हो। फिलम राम्रो बनेकोले दर्शकले रुचाउने अष्टले बताए।