अन्तराष्ट्रिय

रुसद्वारा कोरोनाको दोस्रो भ्याक्सिन बनाएको दाबी

रुसले कोरोना भाइरसको दोस्रो भ्याक्सिन बनाउन सफल भएको दाबी गरेको छ । डेली मेलको रिपोर्ट अनुसार EpiVacCorona नाम दिइएको यो भ्याक्सिनको कुनै साइड इफेक्ट नभएको बताइएको छ । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘स्पूतनिक भी’ नामको कोरोनाभाइरस भ्याक्सिन बनाएको घोषणा गरेका थिए । यद्यपि, यो भ्याक्सिनका थुप्रै साइड इफेक्ट भएको भन्दै रुसको अत्यधिक आलोचना भएको थियो । रुसले पहिलो भ्याक्सिनको जुन साइड इफेक्ट छ, त्यो नयाँ भ्याक्सिन लगाउँदा नदेखिने जानकारी दिएको छ ।

रुसले यो दोस्रो भ्याक्सिनबारे पनि थुप्रै शंका गरेका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको भ्याक्सिन सन् २०२१ भन्दा अघि आउन नसक्ने जानकारी दिइसकेको छ । रुसले आफ्नो नयाँ भ्याक्सिनको निर्माण साइबेरियाको विश्व चर्चित भाइरोलोजी इन्स्टिच्युट (वेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजी) मा गरेको छ । यसअघि यो इन्स्टिच्युट टप सिक्रेट बायोलोजिकल वेपन रिसर्च प्लान्ट हुने गर्दथ्यो ।

रुसी वैज्ञानिकले नयाँ भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पुरा हुने बताएका छन् । ५७ व्यक्तिमाथि नयाँ भ्याक्सिन लगाइएको र उनीहरु पूर्ण रुपमा स्वस्थ र राम्रो महसुस गरिरहेको पनि दाबी गरिएको छ । नयाँ भ्याक्सिनको दुई डोज लगाउनुपर्नेछ । पहिलो डोज दिएको १४ देखि २१ दिनपछि दोस्रो डोज लगाउनुपर्नेछ । रुसले अक्टोबरसम्म यो भ्याक्सिन रजिस्टर गर्ने र नोभेम्बरबाट यसको उत्पादन सुरु गर्ने आशा राखेको छ ।

वेस्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले कोरोनाभाइरसको १३ सम्भावित भ्याक्सिनमाथि काम गरेको थियो । स्मरण रहोस्, चीन, अमेरिका र बेलायत पनि कोरोनाको सफल भ्याक्सिन तयार गर्न जुठिरहेका छन् र तीमध्ये तीन देशको भ्याक्सिनको तेस्रो चरणको ट्रायल चलिरहेको छ ।एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>