अन्तरर्वार्तामनाेरञ्जन

स्वस्तिमा अमेरिकन चलचित्रमा काम गर्दै

नेपाली चलचित्र क्षेत्रमा हक्की, निर्भिक एवं स्पष्ट अभिनेत्रीको छवि बनाएकी छिन्, स्वस्तिमा खड्काले । विवादबाट पनि उनी सकेसम्म टाढै रहने गर्छिन् ।

उनी यस अर्थमा भाग्यमानी हुन् कि, एकपछि अर्को चलचित्रले उनलाई पच्छ्याइरहेकै छ । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि स्वस्तिमाले विश्राम लिनुपरेको छैन ।भलै, उनी अभिनित सबै चलचित्र सफल नभएपनि ‘कमर्शियल’ र ‘आर्ट’ दुबैमा उनको उपस्थिती जोडदार रह्यो । व्यवसायिक हिसाबले ‘ठीकै’ मानिएको ‘नाई नभन्नु ल–५’ मा औसत देखिएकी स्वस्तिमाले ‘बुलबुल’मा भने सम्झनलायक अभिनय गरिन् । सोही चलचित्रबाट राष्ट्रिय अवार्ड समेत हात पारिन् ।

स्वस्तिमाको अबको गन्तव्य भनेको अंग्रेजी भाषाको चलचित्रमा सोझिएको छ । उक्त चलचित्र अमेरिकन टोलीले निर्माण गर्नेछन् र मुख्य अभिनेत्रीको भूमिकामा स्वस्तिमालाई लिइएको छ । अभिनेताको रुपमा भने अमेरिकन कलाकार नै तय भएका छन् । स्वस्तिमा र चलचित्र युनिट बीच लिखित सम्झौता पनि भइसकेको छ । निर्माण पक्षले नेपाल नै आएर अन्य केही अभिनेत्रीहरुसँग पनि अडिसन लिएको थियो । जसबाट स्वस्तिमा पक्का भएकी हुन् । अडिसन झण्डै २ महिना अगाडि भएको थियो । स्वस्तिमासँगै उक्त चलचित्रको लागि नेपालबाट अर्की एक नायिकाले पनि अभिनय गर्ने बुझिएको छ । तर, उक्त नायिकाको तय भइसकेको छैन । नाम सार्वजनिक नभएको उक्त चलचित्रको छायांकन जुलाईबाट सुरु गरिने तय भएको थियो । अब भने कोरोनाको त्रास सकिएपछि छायांकन सुरु हुने बुझिएको छ ।

चलचित्रकोल सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>