समाचार

श्रीराज कलेक्सनको ब्राण्ड एम्बेसडरमा विश्व उल्टो मोटरसाइकल यात्री कार्की

काठमाडौं । विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्कीलाई श्रीराज कलेक्सनको ब्राण्ड एम्बेसडर नियुक्त गरिएको छ । काठमाडौंको नरदेवीस्थित श्रीराज कलेक्सनले बुधबार कार्कीलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

श्रीराज कलेक्सनका सीईओ राज कार्कीले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरी विश्व उल्टो मोटरसाईकल यात्री कार्कीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन् । खोटाङमा जन्मिएका चित्रकुमार कार्कीले सन् २०११ मा मेची महाकाली उल्टो मोटरसाइकल यात्रा गरेर विश्व रेकर्ड राखेका थिए । बिगत तीन वर्ष अघिदेखी नरदेविमा सञ्चालनमा आएको श्रीराज कलेक्सन सर्टिङ सुटिङका क्षेत्रमा स्थापित छ । श्रीराजले बिभिन्न स्कुल, कलेज, कार्यालय, बैंक, बीमा तथा बित्तिय संस्थाहरुका लागि अफिसियल पहिरन सिलाउँदै आएको छ । सुट पारखीहरुका लागि श्रीराजले आधुनिक डिजाइनका पहिरनहरु तयार पारेर धेरैको मन जित्दै आएको छ । छोटो समयमै धेरैको मन जित्न सफल श्रीराजले लकडाउन खुल्ने बित्तिकै नयाँ ब्राञ्च सञ्चालनमा ल्याउने तयारी गरिरहेको सीईओ राजले बताए ।

हाल श्रीराजले कालिगढ सहित १५ जनालाई रोजगारी दिलाएको छ । ‘स्वदेशमै केही उद्यम, व्यवसाय सूरु गर्न सकिन्छ । नेपालमा प्रशस्त सम्भाबनाहरु छन् ।’ राजले भने, ‘जीवन चलाउँनका लागि विदेशी भूमीमा पसिना बगाउँनु पर्दैन ।’ सपना सबैले देख्छन् । तर, सपना पूरा गर्न योजना, संघर्ष र निरन्तर कर्ममा लाग्नु पर्ने कुरामा उनले जोड दिए । उल्टो मोटरसाइकल यात्री चित्रकुमार च्याम्पियन बुक अफ वल्र्ड रेकर्डका नेपाल संयोजक तथा सद्भावना दूत पनि हुन् । उनी बिगत १२ वर्षदेखी पत्रकारिता तथा सामाजिक सेवाका काममा पनि सक्रिय छन् । हाल चित्रकुमार गिनिज वल्र्ड रेकर्डस्का लागि कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका छन् । उनी वल्र्ड रेकर्ड फाउन्डेसन र किर्तिमानी युवा संघ नेपालका अध्यक्ष समेत हुन् । -फ्रन्टलाइन नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>