राष्ट्रियसमाचार

सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ।

आइतबार ६ बजेसम्म सप्तकोशीमा जल सतह ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। सप्तकोशीमा आइतबार बिहानको जलसतह यसपालिकै उच्च हो । जलसहत बढेपछि ४६ वटा ढोका खोलिएको सहायक प्रजिअ यादवले जानकारी दिए ।

साथै तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क गराइएको र प्रहरीबाट निरन्तर निगरानी गरिएको उनले बताए । बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका वस्तीहरुमा सुरक्षित रहन भनिएको र अहिलेसम्म कुनै क्षति नभएको सहायक प्रजिअ यादवले बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको जानकारी दिए ।

‘रेडलाइटहरू बलिसकेका छन् । जोखिमयुक्त छ । प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई खबर पनि गरिसकेका छौं,’ प्रजिअ मंग्रातीले भने । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित स्थानीय तह हुन् । ‘२ लाख क्यूसेक बढेपछि जोखिमयुक्त भनेका छौं । अहिले सतर्क गराइएको छ । स्थानान्तरण गर्नुपर्ने भयो भने विद्यालय र सामुदायिक भवनहरूमा राख्छौं,’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>