राजनीति

प्रहरीले थाल्यो अनुसन्धान: महरा प्रकरण

काठमाडौं–राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार पीडित भनिएकी महिलाबाट मौखिक उजुरी आएकाले प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । यसै क्रममा प्रहरीले घटनास्थलबाट मदिराको बोतल, कपडा लगायतको सामग्री बरामद गरेको छ ।

प्रहरीले महिला बस्ने घरको वरिपरीको सिसिटिभी फुटेज पनि संकलन सुरु गरेको बताइएको छ । महराले सभामुखबाट राजीनामा दिएपछि प्रहरीलाई यस घटनाबारे अनुसन्धान गर्न सहज भएको छ । यद्यपि पीडित महिलाको तर्फबाट लिखित उजुरी नआएसम्म बिस्तृत अनुसनधान सुरु हुन नसक्ने प्रहरीले जनाएको छ ।

तत्कालका लागि दषी वा प्रमाणकारुपमा लिइनसक्ने केही सामग्री बरामद गरिएको भएपनि लिखित उजुरी आएपछि मात्रै यस सम्बन्धमा बिस्तृत अनुसनधान हुने काठमाडौं प्रहरीले जनाएको छ । एक महिलाले बलात्कारको आरोप लगाएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए।रातोपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>