अर्थ खबरराजनीति

अध्यादेशबाटै भए पनि लगानीको वातावरण बनाउन ऐन संशोधन हुन्छ: प्रधानमन्त्री

२८ चैत, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश नै ल्याएर पनि लगानीको वातावरण बनाउने ऐन संशोधन गरिने बताएका छन्।

नेपाल उद्योग वाणिज्य ‍महासंघको वार्षिकोत्सव तथा वाणिज्य दिवसको अवसरमा बुधबार भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले आवश्यक परे अध्यादेशबाट पनि ऐन संशोधन गरिने बताएका हुन्। सरकाले लगानीसँग सम्बन्धी १० वटा ऐन संशोधन प्रक्रिया अघि बढाए पनि संसदमा अझै पुग्न सकेको छैन। संसद प्रक्रियाबाट लगानी सम्मेलन अघि संशोधन हुन समस्या देखिएकोमा उनले अध्यादेशबाट संशोधन गरिने संकेत गरेका हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसदमा अवरोध गर्दै आएको छ। सरकारले बैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गरेको छ। त्यसअघि नै सरकारले लगानीसँग सम्बन्धित ऐन संसोधन गर्न अध्यादेश नै ल्याउनुपरे सरकार त्यसका लागि तयार रहेको प्रधानमन्त्री दाहालले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>