शिक्षा
शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरिने

१५ जेठ, काठमाडौं। आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र सुुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउने बताएका हुन्।




