राजनीति

पार्टीका चिप्ले किराहरु, मैले चलखेल गर्‍यो भन्दैछन् : मन्त्री प्रेम आले

४ जेठ, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्।

पशुपति क्षेत्रमा विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले आफूलाई मन्त्री पदको लाभ नभएको र अन्य नेतालाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे। ‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो। मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौँ। दुई महिना त ग्रेसमार्क पाइसक्यो। अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो’ उनले भने।

मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेको भन्दै उनले आपत्ति जनाए। ‘तर हाम्रै पार्टी भित्रका केही …चिप्ले किराहरु आलेले धेरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेका छन्। मलाई कुनै मन्त्रीको लोभ छैन। म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु’ मन्त्री आलेले भने ।मन्त्री आलेले पशुपति धर्मशाला बतास समूहलाई कौडीको भाउमा दिन नसक्ने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>