
भदौ २८, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद सुदन किराती प्रधानमन्त्री बन्न सक्ने बताएका छन्।
राजधानी स्थित मण्डला थिएटरमा मंगलबार नेता किरातीद्वारा लिखिति कृति ‘पल पलको मृत्यु’ लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले नेता किराती मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै बन्नसक्ने बताएका हुन्। ‘राजनीतिमा मन्त्री, राष्ट्रपति अव सुदनको निम्ति ठुलो कुरा रहेन। राष्ट्रपति पनि हुने नजिकै छ’, उनले भने।
यस्तै पुस्तकबारे प्रचण्डले सांसद किरातीलाई शुभकामना दिए। ‘सुदन किराती जल्दो, बल्दो युवा नेता हुनुहुन्छ। वहाँले रचनाहरु ल्याउने जमर्को गर्नु भएको छ ,सफल्ताको सिंढी चढ्दै हुनुहुन्छ। शुभकामना छ’, उनले भने।




