राजनीति

ओलीसँग सयभन्दा बढी सांसद छन् : प्रमुख सचेतक भट्टराई (भिडियो)

१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेको उनको भनाइ छ ।

शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा भट्टराईले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं ।’ संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उनले सुनाए । फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै उनले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने उनले चेतावनी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>