समाचार

फ्लाई दुबईको पहिलो उडान पोखरा आइपुग्यो

पोखरा । बुधबार साँझ ठीक ६:१८ बजे फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । १६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स-८ विमान दुबईबाट पोखरा पुगेपछि, पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको एक नयाँ अध्याय सुरु भएको छ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको यो विमान लगभग ४ घण्टा ३० मिनेटको उडानपछि पोखरामा पुगेको हो । विमान आईपुगेपछि, यात्रीलाई परम्परागत तरिकाले पानीको फोहाराले स्वागत गरिएको थियो । उडानमा ११३ यात्रु थिए र फर्किँदा १५३ जनालाई लिएर साँझ ७:१५ बजे पुनः दुबई फर्किने कार्यक्रम थियो ।

पहिलो उडानका यात्रुलाई पोखरा पर्यटन परिषद्को अगुवाइमा खादा, माला र उपहारसहित स्वागत गरिएको थियो । दुबई जानेलाई बिदाइ समेत गरियो । अब फ्लाई दुबईले पोखराबाट दुबईका लागि दैनिक नियमित उडान गर्नेछ । विमान रात्रि नै पोखरादेखि यात्रु लिएर दुबई फर्किने छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानले पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्बन्ध विस्तारमा नयाँ सुरुआत भएको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>