समाचार

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट उक्त राजस्व संकलन भएको हो । मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार एक लाख ८१ हजार ६०९ केजी झ्याउ निकासीबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ । झ्याउको राजस्व दर प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ ।

यसैगरी, ९६ हजार ७९२ केजी जटामसी निकासीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व संकलन भएको छ । जटामसीको राजस्व दर प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । यार्सागुम्बा (जीवनबुटी) बाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी नेपालीले जानकारी दिए । प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा २५१ किलोग्राम ६५६ ग्राम बिक्री भएको उनले बताए ।

उनका अनुसार प्रतिकेजी ४० रुपैयाँ राजस्व दर तोकिएको कटुसी ३४ हजार ४४५ केजी बिक्री हुँदा २३ लाख ८१ हजार ६८० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ४१ हजार ७३२ केजी सेतक चिनी बिक्रीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व उठेको छ । यसको राजस्व दर प्रतिकेजी २५ रुपैयाँ रहेको छ ।

प्रतिकेजी १० रुपैयाँ राजस्व दर रहेको टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ र प्रतिकेजी ५० रुपैयाँ राजस्व दर रहेको सिलाजितबाट नौ लाख ७७ हजार ८५० रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, प्रतिकेजी २५ रुपैयाँ राजस्व दर रहेको सुगन्धवालबाट नौ लाख ५० हजार ५८० रुपैयाँ र प्रतिकेजी तीन रुपैयाँ राजस्व दर रहेको रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व संकलन भएको नेपालीले बताए ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा कर्णालीमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी संकलन गरिएको थियो । त्यसमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी प्रदेशबाट निकासी भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>