मनाेरञ्जन

बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज

काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२६ को ताज बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्रान्ड फिनालेमा उनले २१ प्रतियोगीलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन् ।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित विवाहित महिलाहरू सहभागी हुने यस प्रतियोगिताको यो छैटौँ संस्करण हो । विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास र क्षमता उजागर गर्नुका साथै व्यक्तित्व विकासमा सघाउने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विधाका विजेता पनि चयन गरिएका छन् ।

प्रतियोगितामा शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल, क्रिस्टिना ज्ञवाली मिसेस नेपाल कस्मो र रिचा शर्मा एमएस नेपाल इन्टरनेसनल घोषित भए । त्यस्तै, नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बने ।

रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको थियो । निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, चर्चित अभिनेत्री रेखा थापा र सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायतका व्यक्तित्व थिए । उनीहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतिको सूक्ष्म मूल्याङ्कन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>