राजनीति

एमसीसी संशोधन नगरी पारित गर्नुपर्छ : परराष्ट्रमन्त्री डा. खड्का

काठमाडौं, ११ असोज । संयुक्त राष्ट्रसंघको अमेरिकाको न्यूयोर्कमा जारी महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग सम्झौता एमसीसी परिमार्जन नगरी संसद्बाट अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युर्योक च्याप्टर, कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालमा एमसीसी संसद्बाट जस्ताको त्यस्तै पारित गर्न नहुने भनेर सत्ता गठबन्धनमा आवद्ध दलहरुले अडान लिइरहेको बेलामा मन्त्री खड्काले भने यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भने,‘यो स्ट्याण्डर्ड फर्माटमा बनाएको एग्रिमेन्ट हो ।

मलाई लाग्छ सबै देशमा यही फर्माटमा सम्झौता भएको छ, नेपालमा यो क्लाउज हटाईदियो भने अर्को पनि देशले हटाउन भन्छ, हामीकहाँ उसले चेन्ज गर्नेबित्तिकै सारा फर्माट नै चेन्ज गर्नुपर्ने हुन्छ, नैतिक समस्या के हो भने हामीले सही छाप गरिसकेका छौं । सम्झौता गर्दा हजुरहरुले किन नपढ्नुभएको त ? यो त अनुदान हो ।’ उनले एमसीसीबाट अनुदान आफूहरुले मागेको पनि स्मरण गराए । उनले सबैको सहमति भयो भने यसलाई अगाडि बढाउने पनि विश्वास दिलाए ।

उनले भने,‘सोसल मिडियाले तल्लो लेभलमा प्रचार भएको छ । म मेरो जिल्लामा जाँदापनि एमसीसी पारित गर्नहुँदैन भन्छन् । माईतीघर मण्डलामा एमसीसी पारित गर्यौ भने खबरदार भन्ने नारा लाग्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>