हेडलाईन
पत्रकार किशोर श्रेष्ठको रिहाइका लागि प्रचण्डको अनुरोध

२८ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेको कारणले पक्राउ गरिएको भन्दै उनले तुरुन्त रिहाइको लागि माग गरेका छन् ।
प्रचण्डले समाचारको आधारमा निश्चित प्रक्रिया र विधि नअपनाई राज्यले श्रेष्ठमाथि धरपकड गर्नु लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । ‘नेपालका स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठप्रति समाचार लेखेको आधारमा निश्चित विधि र प्रक्रिया बिना राज्यद्वारा धरपकड हुनु लोकतन्त्रको खिल्ली उडाउने काम हो’, प्रचण्डले भनेका छन्।ऊहरूले श्रेष्ठलाई छिट्टै रिहा गर्न पनि आग्रह गरेका छन् ।