मनाेरञ्जन
दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया, १८ दिनपछि डिस्चार्ज

अन्नपूर्ण न्यूरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुहुने कलाकार दीपाश्री निरौला १८ दिनपछि बिहीबार अस्पतालबाट घर पठाइएकी छन् ।
निरौला डिस्चार्ज भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा साझा गर्दै कलाकार दीपकराज गिरी लेख्छन्, ‘१८ दिनपछि अस्पतालबाट बाहिर निस्कँदै गर्दादीपाजीले भन्नुभयो, ‘महाभारतको युद्ध पनि १८ दिन सम्म चलेको थियो भनिन्छ’। मेरो जीवनमा अनअपेक्षित रूपमा आएको रोगसँगको लडाइँ पनि १८ दिनसम्म नै भयो ।
सम्पूर्ण शुभकामनाहरू, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूअस्पतालमा आएर उहाँलाई आशीर्वाद प्रदान गर्ने सबै महानुभावहरूलाई धन्यवाद भन्दै ४० कटेपछि मस्तिष्कको अवस्थाको परीक्षण गर्न कृपया सबैलाई अनुरोध गरिएको छ । अस्पतालले कलाकार निरौलाको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक हटाइएको जनाएको छ र शल्यक्रियापछि कुनै समस्या नदेखिएको जानकारी दिएको छ ।




