खेलकुद

प्रधानमन्त्री कप : एपीएफको जित

प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले लगातार दोस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो। यसअघि हिजो भएको पहिलो खेलमा एपीएफले प्रदेश नं २ लाई २४ रनले पराजित गरेको थियो।

यस जितसँगै एपिएफले दुई खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो। बागमती र प्रदेश नं २ को समान दुई÷दुई अङ्क छ। बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ भने बागमतीले प्रदेशले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाए। एपीएफका लागि लोकेश बमले अर्धशतकीय इनिङ्स खेले। उनले २४ बलको सामना गदै १० चौका र एक छक्काको मद्दतमा ५० रनको योगदान दिए। यस्तै प्रदीप ऐरीले ३६ रन जोड्दै अविजित रहे।

बलिङतर्फ बागमती प्रदेशका प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो। बागमती प्रदेशका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे भने नन्दन यादवले २४, सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए। एपीएफका अविनास बोहराले सर्वाधिक ४ विकेट लिए भने कमल ऐरीले दुई विकेट हात पारे। त्यस्तै शरद् भेषवाकर र किशोर महतो एक÷एक विकेट लिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>