राजनीतिसमाचार

धर्म निरपेक्षता शब्द ठीक होइन : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानमा धर्म निरपेक्षता शब्द उल्लेख हुनु गलत भएको बताएका छन्।

शुक्रबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कोइरालाले नेपालको संविधानमा धर्म निरपेक्षता राख्नु गलत भएको प्रतिक्रिया दिए। धर्म निरपेक्षता वा सापेक्षता भन्‍ने हुँदैन, धर्म त स्वतन्त्र हुन्छ’, उनले आफ्नो व्यक्तिगत विचार भन्दै अगाडि भने,‘ संविधानमा केही त्रुटि भएको छ।’

महाधिवेशन नयाँ तागत दिन गर्ने भए पनि पछिल्लो समय नेतृत्वबारे मात्र कुरा हुने गरेको उनले गुनासो गरे। उनले अहिले राजनीतिक दलमा सिद्धान्तको लडाइ सकिएको भन्दै आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए। यसका लागि कृषि क्षेत्रलाई समेट्नुपर्ने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>