राजनीति

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता सम्पन्न(भिडियो)

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकीकरण सम्पन्न भएको छ।

राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो। एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए।

एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित रहेका थिए। नेकपा जनवादी २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो। यसको नेतृत्वमा देवेन्द्रसिंह महता थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>