अन्तराष्ट्रिय

युक्रेनलाई कसैले भङ्ग गर्न सक्दैन : राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन्। उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए र भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ।’

उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने उनले बताए। यसैबीच मङ्गलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बीबीसीले जनाएको छ। उसले आक्रमण र हताहतीका सबै दाबीहरूलाई स्वतन्त्ररूपमा पुष्टि गर्न कठिनाई भइरहेको समाचारमा जनाएको छ।मङ्गलबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रशासनिक भवनमा भएको हमलामा केहीको मृत्यु भएको हुनसक्ने र २० जना घाइते भएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन्। एएफपी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>