राजनीति

एमसीसी उपाध्यक्ष फातिमा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

२५ भदौ काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार र प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवसाँ फातिमाले भेट गरेकी हुन् ।

भेटमा एमसीसी सम्झौता अगाडी बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका छन् । यस्तै एमसीसीकी उपाध्यक्ष फतिमा सुमरले एमसीसी छिट्टै संसदबाट छिटो अनुमोदन हुने विश्‍वास व्‍यक्त गर्दै नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्‍वास व्‍यक्त गरिन् । बिहीबार काठमाडौं आएकी सुमारसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेको थियो।

सोही दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग फातिमाले एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेकी थिइन् । यस्तै शुक्रबार बिहान नेकपा मावादी केन्द्रका अध्‍यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी थिइन् भने दिउँसो ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग सिंहदरवार पुगेर घेटघाट गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>