राष्ट्रियसमाचार

बौद्ध धर्म मान्नेलाई हिन्दू लेख्ने गणक पक्राउ

लमजुङ्ग । बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् ।

धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्‍याएको थियो । स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।

गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>