राजनीति

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। आइतबार पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दीप बालेर विमानस्थलको उद्घाटन गरेका हुन्।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँगै अर्थमन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। तर आइतबार उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो छैन।

समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको छ। महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको हो। विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका शंकरराज पाठक पनि समारोहमा उपस्थित छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>