राजनीति
मंसिर २८ गते संवैधानिक परिषदको बैठक

२५ मंसिर, काठमाडौं । संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने भएको छ ।
विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो । मंसिर २८ गते आइतबारका लागि बैठक बोलाइएको जानकारी आएको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । लामो समयदेखि संवैधानिक परिषदको बैठक नबस्दा रिक्त पदमा सिफारिस हुन सकेको छैन ।




