राजनीति
एमसिसी राष्ट्रघाती होइन : अर्थमन्त्री जनार्दन शर्मा

प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि १२ बुँदे व्याख्यात्मक घोषणामाथि सांसदहरूले उठाएको प्रश्नमाथि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका छन्।
अर्थमन्त्री शर्माले पेश गरेको व्याख्यात्मक घोषणाको छलफलमा सांसदहरूले ३-३ मिनेटमा आफ्ना कुरा रखेका थिए। अर्थमन्त्री शर्माले एमसीसी लागू हुँदा नेपालकाे राष्ट्रिय स्वाभिमान र स्वाधीनतामा कुनै आँच नआउने दाबी गरेकाे छन्। एमसीसी अनुमाेदन गर्न आइतबार साँझ बसेकाे संसद् बैठकमा सांसदहरूले उठाएकाे सवालहरूकाे जवाफ दिने क्रममा मन्त्री शर्माले भनेका छन्, ‘नेपाल सरकारले एमसीसी एउटा विकास सहायता मात्रै हाे भनिसकेकाे छ। यसबारे कुनै भ्रम नराख्दा हुन्छ ।’




