मनाेरञ्जन

बेनिशाले साइन गरिन् नयाँ फिल्म

चलचित्र ‘भाडाकुटी’ साइन गरेर बसेकी नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, चलचित्र ‘प्रेमगन्ज’मा काम गर्ने पक्का गरेकी हुन् ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका थिए । चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको निर्माणपक्षले बताएको छ । परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिनेछ । सेन विगत १५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् । यो चलचित्रका लागि यसअघि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भैसकेका थिए । चलचित्रमा संजय लामाको छायांकन रहनेछ । राजु फुयाँल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

चलचित्रको छायांकन चाडै नै सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>