अन्तराष्ट्रिय

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित,अमेरिकाका नयाँ संक्रमितभन्दा ९ गुणा बढी

भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । यो पनि एक रेकर्ड हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>