राजनीति

वडाध्यक्ष देखि गृहमन्त्री सम्म खगराज अधिकारी

२७ जेठ, काठमाडौं। गृहमन्त्री नियुक्त भएका खगराज अधिकारी राजनीतिको तल्लो निकायबाट अहिलेको अवस्थासम्म आएका हुन् ।

पञ्चायतकालमै कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०४९ सालमा कास्कीको बेगनास गाविसको वडाध्यक्ष निर्वाचित भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा अधिकारीले छलाङ नै मारे । उनी प्रतिनिधि सभामा कास्कीबाट टिकट पाएर निर्वाचित भए । २०५६ सालमा पनि उनी कास्कीबाट निर्वाचित भएका थिए । २०७० को संविधानसभा सदस्य रहेकाबेला २ वर्ष स्वास्थ्यमन्त्री भएका थिए । त्यतिबेला प्रधानमन्त्री रहेका सुशील कोइरालाले समेत उनको कार्यसम्पादन मनपराएका थिए ।

खगराज अधिकारीको कम्युनिस्ट राजनीतिमा लामो संघर्ष रहेको छ । उनी ६ वर्ष जेल समेत परेका थिए । नेकपा एमालेमा उनी ओलीनिकट रहेका थिए । ओलीको विश्वासपात्र बनेका अधिकारी काममा निकै खटिने स्वभाव भएकाले यसपटक गृहमन्त्रीमा रोजाइमा परे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>