सूचना प्रबिधि

अब एन्ड्रोइड फोनमा चल्ने छैन गुगल र युट्युब

गुगलले अब एन्ड्रोइडको २.३.७ र त्यो भन्दा पुरानो संस्करणको अपरेटिंग सिस्टम रहेका एन्ड्रोइड फोनहरुमा आफ्नो सेवा बन्द गर्दैछ ।

आगामी सेप्टेम्बर २७ देखि गुगलले त्यसको सुरुआत गर्न लागेको छ । त्यो सँगै उक्त पुरानो भर्सनको एन्ड्रोइड अपरेटिंग सिस्टम रहेका स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा गुगल ड्राइभ, गुगल अकाउन्ट तथा युट्युब पनि हेर्न पाउने छैनन् । सेप्टेम्बर २७ पछि स्मार्टफोनमा गुगलका सेवा प्रयोग गर्नका लागि एन्ड्रोइडको कम्तिमा पनि ३.० वा त्योभन्दा पछिल्लो संस्करण हुनु आवश्यक छ । यद्यपि यसमा पनि गुगलले केही राहत प्रदान गरेको छ ।

पुरानो भर्सनमा गुगल एपहरु प्रयोग गर्न नसकिएपनि ब्राउजरका माध्यमबाट जिमेल अकाउन्ट चलाउन सकिनेछ । तर २.३.७ र त्यो भन्दा पूराना एन्ड्रोइड भर्सनका स्मार्टफोनमा गुगल एपमा लगइन गर्न सकिनेछैन । लगइन गर्ने प्रयास गर्दा error को संकेत देखाउनेछ । गुगलले पुरानो एन्ड्रोइड भर्सन प्रयोग गरिरहेका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै इमेल पठाएको छ र आफ्नो फोनलाई अपग्रेड गर्न आग्रह गरिसकेको छ ।

अब पूरानो भर्सनको एन्ड्रोइड भएको स्मार्टफोन चलाइरहेका प्रयोगकर्ताले कि त ३.० वा सो भन्दा नयाँ संस्करणको एन्ड्रोइड भर्सन आफ्नो स्मार्टफोनमा अपडेट गर्नुपर्नेछ वा त्यो अपडेट हुन नसकेमा नयाँ स्मार्टफोन खरीद गर्नुको विकल्प हुनेछैन । एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>