राजनीति

एमाले उदपुरको अध्यक्षमा परमेश्वर घिमिरे सर्वसम्मत

उदयपुर, २७ पुस :  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशनको चार दिन लामो रस्साकस्सीबीच नयाँ नेतृत्व चयन गरेको छ। खुल्ला सत्र सकिएको चार दिनको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो। परमेश्वर घिमिरेको अध्यक्षतामा १ सय १२ सदस्य नयाँ जिल्ला कमिटी चयन गरेका छन्।

उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा, उपसचिवमा भरतबहादुर थापा उपसचिव टेकबहादुर राउतसहितको पाँच जनाको पदाधिकारीसहित एक सय १२ जनाको जिल्ला कमिटी घोषणा गरेको छ। नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरेर सर्वसम्मतको प्रयास थालिएको थियो। अध्यक्षका आकाङ्क्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनमा समय लागेको अध्यक्ष मण्डलका अध्यक्ष नेपाल कम्युनिस्ट पाटी एमालेका पोलिट ब्युरो सदस्य मन्जुकुमारी चौधरीले बताइन्।

हलले सर्बसम्मत नेतृत्व चयनका लागि पार्टी पोलिट ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । सबैको चाहना र भावना अनुरूप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोजिएको जनाएका छन्। पार्टीमा गुटगत प्रवृत्तिको अन्त्य गर्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने तल्लोदेखि माथिल्लो तहसम्मका नेताहरूको दबाब रहेको अध्यक्ष मण्डलले जानकारी दिए। अध्यक्षका लागि परमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले दाबी गर्दै आएको थियो।

त्यसैगरी जिल्ला कमिटीमा खुल्लातर्फ ३३ जना, निर्वाचन क्षेत्रबाट ३० जना, पालिकाबाट २४ जना, आदिवासी जनजातिबाट ६ जना, श्रमिकबाट ६ जना, उत्पीडित समुदायबाट पाँच जना, थारु समुदायबाट पाँच जना, मधेसी मुस्लिमबाट दुई जना र लोपोन्मुखबाट एक जना गरी १ सय १२ जनाको कमिटी चयन गरिएको नव निर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>