राजनीति

‘कालो दिन’ को रुपमा मनाइयो पृथ्वी जयन्ती कीर्तिपुरमा

काठमाडौँ — मंगोल नेशनल अर्गनाइजेसनले पृथ्वी जयन्तीलाई’कालो दिन’को रुपमा मनाएको छ। नेपाल एकीकरणको नाममा पृथ्वीनारायण शाहले नरसंहार गरेको भन्दै अर्गनाइजेनसमा अबद्ध अभियन्ताहरूले कीर्तिपुरस्थित छ्याःक ल्वहँ परिसरमा मंगलबार’कालो दिन’को रुपमा प्रदर्शन तथा सभा गरेका हुन्।

सहभागीले’पृथ्वीनारायण शाहले गरेको एकीकरण होइन अतिक्रमण हो’, ‘हत्याराको जन्मदिन राष्ट्रिय एकताको आधार हुन सक्दैन’जस्ता नारा लेखिएका प्लेकार्ड तथा व्यानर लिएका थिए। मंगलबार देशका विभिन्न स्थानमा पृथ्वीजयन्ती मनाइरहँदा मंगोल नेशनल अर्गनाइजेसनका अभियन्ताहरूले भने केही वर्षयता पृथ्वीनारायण शाहमाथि रिस पोख्नका लागि छ्याःक ल्वहँमा थुक्ने गर्दथे। तर यसपटक उक्त सभालाई लक्षित गर्दै सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो।

पृथ्वीनारायण शाहले तत्कालीन कान्तिपुर राज्य जितेपछि वसन्तपुर दरबारमा बस्न थालेको इतिहास छ। ‘छ्याक ल्वहँ’बाट ठ्याक्कै शाहको दरबार देखिन्थ्यो। शाहले त्यतिबेला कीर्तिपुर पनि जितिसकेका थिए। तर कीर्तिपुरवासीको मन जित्न भने उनी असमर्थ रहे भन्दै शाहको आलोचना हुने गर्छ। स्थानीयहरूका अनुसार पृथ्वीनारायणमाथि कीर्तिपुरवासीको रिस कायमै थियो। तर कीर्तिपुरसहित काठमाडौं उपत्यकामा बसिरहेका शाहलाई कीर्तिपुरेले प्रत्यक्ष हानी गर्न सक्ने उपाय केही नभएपछि उक्त ढुंगामाथि बसेर बसन्तपुरमा रहेका शाहलाई थुक्दा थुक्दा ढुंगालाई नै थुक्ने चलन बसेको स्थानीय बताउँछन्। कान्तिपुर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>