राजनीति

सरकार जोगाउन नसक्नेले, यो सरकार ढलाउने धम्की नदिए हुन्छ: गृहमन्त्री खाण

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन्।

पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयसँगको अन्तर्क्रियामा मंगलबार उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिए। विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने दाबी गरेका थिए।

‘हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ’, उनले भने। वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तर्क्रिया गर्न गाउँ गाउँ जाने गरेको उनले बताए।

जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले बताए। केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे सात दिनमा अहिलेको सरकार ढल्ने बताएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>