
काठमाडौ । सरकारले जातिय विभेद तथा छुवाछुत बिरुदृदकाे ऐन पारित गरि अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धि अन्तराष्ट्रिय सन्धि-संझाैता गरेकाे पनि दशकाै भईसकेका छ। तर त्याे ऐन लाई सरकारले प्रभावकारि तवरले लागू नगरि दिँदा आजकाे दिन सम्म पनि जातिय बिभेदकाे अन्त त के २० काे १९ पनि नभएकाे अवस्था छ।
जुन ऐन बनाईयाे त्यसकाे पुर्ण पालना र पुर्णरुपले लागू नहसँदा समुलायमाथिकाे ज्यदति, हत्या र हिंसा घट्नुकाे सट्टा दिननुदिन क्रमिक रुपले बढ्दाेरुपमा छ। जसकाे लागि कयन उदाहरणहरु आँखा अगाडिनै सबैलाई जगजाहेर छ। गत बर्ष रुकुम पश्चिम साेति घगनामा नवराज बि क लगाएतमाथिकाे जातिय नरसंहार र केही दिन अघिमात्रै हुम्लाकाे १९ बर्षिय चन्द्रे कामिलृ मल्ल थरकि युबचििँग प्रेमविवाहकै कारण माइइति पक्षका केही हुल मान्छेहरुले चन्द्रेकाे घरमाआइ सुतिरहेकमे अवस्थामा युवतिलाई फिर्ता लाँदै चन्द्रेलाई बेपत्ता बनाईएकाे छ।
कैलाली जिल्ला जानकि गाउँ पालिका ९ अमरावती जंगलमा २५ बर्षिय अर्जुन दासलाइइ रुखमा झुण्ड्याई घाँटीरेटि हत्या गरियकाे अवस्थामा शव फेला परेकाे जस्ता घटना घट्दाे क्रम बढ्दै गएकाे छ। यि र यस्ता घटनाहरु त उदाहरणमात्र हुन जति घटनाहरु आपसि गाउँमै आर्थिक चलखेल र डरत्रास देखाएर गुपचुप गरिएका छन्।
उल्लेखित घटनाहरुलाई नजिकबाट नियालेका र त्यहि समुदायबाट पार्टिमा प्रतिनिधित्व गर्ने ब्यक्ति दलमर्दन कामी, जनता समाजवादी पार्ट्रि शिल्पी विशेष समितिले एक बिज्ञप्ति जारि गर्दै उक्त २०६३ साल जेष्ठ २१ मा गठित कसुर सजाय ऐन २०६८लाई सरकारले पुर्णपालना गराेसभन्दै एक बिज्ञप्ति निकालेकाे छ।
प्रस्तुत छ उक्त बिज्ञप्तिकाे पुर्णअंश,
दलित बनाईएका शिल्पी समूदायको हकहित र अधिकारका लागि राज्यले २०६३ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समूदायको हक अधिकार सम्बन्धी संविधानमा लिपिवद्ध भएका विषयहरू जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ तथा मानवअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय सन्धि – सम्झौता गरिएको दशकौं भैसकेको छ, ता पनि राज्य सरकारद्वारा प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा आज देशमा जातीय छुवाछूत हत्याहिंसा व्यापक रुपमा बढेको छ ।
जसको कारण पछिल्लोपटक यो समूदायमाथि शृङ्खलावद्ध जातीय हत्याहिंसाका घटना दिनानुदिन घटिरहेका छ्न् । गत वर्ष रुकुम पश्चिम सोतीमा नवराज बि.क. लगायतका ६ जनामाथि भएको नरसंहार, हत्याहिंसा जस्तैगरि केहि दिन अगाडि पुन: हुम्लाका १९ वर्षीय चन्द्रे कामीले मल्ल थरकी युवतीसँग प्रेमविवाह गरेकै कारण युवतीका माईती पक्षका केहि हुल मान्छेहरु कामीको घरमा आई राति सुतिरहेको अवस्थामा युवतीलाई आफू साथमा लगेर युवालाई लछारपछार पारी कुटपीट समेत गर्दै सोहि दिनदेखि चन्द्रे कामीलाइ बेपत्ता बनाईएकाे र कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा पर्ने जंगलमा २५ वर्षिय अर्जुन दासलाइ रुखमा झुन्ड्याई घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला पेरेको जस्ता पाशविक घटनाप्रति जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
दुबै घटनाकाे घाेर भर्त्सना गर्दै तत्काल अपराधीहरुलाइ खोज अनुसन्धान गरि कानुनी कठघरामा ल्याई हदैसम्मको कार्वाही गरि दुबै पीडित परिवारलाई कानुनी राज्यको प्रत्याभूति गराईयोस् साथै पीडित परिवारकाे न्याय र क्षतिपूर्तिको व्यवस्था समेत राज्यले गरोस् भनी जाेडदार माग गर्दछाैँ ।
अन्यथा दाेषीलाई कुनै पनि बहनामा उन्मुक्ति दिईएमा र पीडकलाई कार्बाही नगरिएमा हाम्रो यस जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति देशैभरी कडा आन्दोलनमा उत्रन बाध्यहुने यसै विज्ञप्ति मार्फत चेतावनी समेत दिन चाहन्छाैँ ।
दलमर्दन कामी
(अध्यक्ष)



