राजनीति

स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन : प्रधानमन्त्री देउवा

२९ फागुन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति नभएको बताएका छन्।

नेपाल नगरपालिका संघको २९औं बार्षिक उत्सबमा आयोजित कार्यक्रममा सबै पार्टीको सहमति जुटाएर आवश्यक कानुनी संशोधन समेत गर्ने बताए। प्राधनमन्त्री देउवाभन्दा अगाडि बोलेका बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकार भन्न हिचकिचाहट देखिएका बताएका थिए।

उनको नाम नलिई देउवाले भने,‘स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन। महत्वपूर्ण कुरा काम हो। जनताको प्रत्यष सम्पर्कमा रहने ठाउँ हो, जनताको दुःख तक्लिफ हटाउने काम गर्नुस। तह हटाउन केही छैन।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>